प्रधानमन्त्रीलाई भेटेर प्रहरी समायोजनकाे विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा

काठमाडौं । प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन् । उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए ।

‘प्रहरी समायोजनबारे २०७६ सालमै ऐन बनिसकेको छ । तर, अहिलेसम्म समायोजन नभएको अवस्था छ । यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सातै प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौं आएका छौं,’ श्रेष्ठले भने ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनबारे ज्ञापन पत्र बुझाउने बताए ।

सात प्रदेशका गृहमन्त्रीले कर्मचारी समायोजनाको विषय पनि उठाउने भएका छौं ।

ध्यानाकर्षण पत्रमा प्रहरी समायोजनको विषय छ । कर्मचारी समायोजन चाहिँ हाम्रो क्षेत्राधिकारभित्र नभएकाले मौखिकरूपमा उठाउनेछौं,’ उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१