• २०८३ असार १६
  • 2026 June 30, Tuesday

कोप २८ मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री दाहाल आज साँझ फर्कदै

काठमाडाैं । प्रधानमन्त्री दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागि हुन मंसिर १३ गते दुबई गएका थिए ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी कार्वन उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र हानिकारक असर भोगिरहेको बताएका थिए ।

शनिबार पर्वतीय देशहरुको एजेण्डा उठाउन आयोजित उच्च स्तरीय कार्यक्रममा अध्यक्षता गर्दै ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने विषयको छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भनेर महासभाको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा द्वीपक्षीय राजनीतिक र उच्च स्तरीय भेटवार्ताहरु पनि गरेका थिए ।