काठमाडौं । महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक सकिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मलेसिया गएका छन् ।
राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा छ । सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन् ।उनीहरूले पहिलो यात्रा मलेसियाबाट सुरू गरेका हुन् ।
उनी त्यसपछि अन्य देशमा जाने तयारीमा छन् । आगामी बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारीमा छन् ।
रास्वपाको ३० बढी देशमा प्रवास समिति बनेको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बताए । केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको प्रमुख अर्याल आफैं हुन् । केन्द्रमा यसको ११ सदस्यीय समिति छ । प्रवासमा पनि ११ सदस्यीय नै समिति रहने उनले बताए ।