अहिलेको सरकार चीनको सहयोग लिन डराउँछ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।

मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राका क्रममा ओलीले दैलेखमा ८ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताएका हुन्। उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए ।

राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने ओलीले उल्लेख गरे। उनले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए ।

विकास अरु देशले आएर नगर्ने भन्दै अध्यक्ष ओलीले आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेतारकार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१