• २०८३ असार १६
  • 2026 June 30, Tuesday

राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सहभागि हुन १२ दल दर्ता भएका र आज ति दलहरुलाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरु २० पदमुक्त हुदैछन् ।