• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नेकपा एसको सचिवालय बैठक आज

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव भुसालले बताए ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।