हलिउड स्टार विन डिजलविरुद्ध यौन दुर्व्यवहारको आरोप

हलिउड अभिनेता विन डिजलविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेकाे छ ।

सन् २०१० मा फास्ट फाइभको सुटिङका क्रममा डिजलले आफूमाथि आक्रमण गरेको अस्टा जोनासनको आरोप छ । उनी त्यतिबेला डिजलको सहयोगी थिइन् ।

डिजलले होटलमा आफूमाथि आक्रमण गरेको उनको भनाइ छ ।

सो घटनालगत्तै आफूलाई कामबाट निकालिएको पनि उनले जनाएकी छन् । सो मुद्दा उनले बिहीबार लस एन्जलसमा दर्ता गराएकी छन् ।

५६ वर्षीय डिजलको वास्तविक नाम मार्क सिंक्लेयर हो ।

उनले डिजलकी बहिनी समान्था भिन्सेन्ट र प्रोडक्सन कम्पनीविरुद्ध पनि मुद्दा हालेकी छन् । एजेन्सी

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१