
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।
आज मुद्दाको किनारा लाग्ने बताइएको छ । उनको मुद्दाको पेसी पहिलो नम्बरमा छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १४ कात्तिक २०७९ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।