बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।