• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पहिलो विकेट गएको छ ।

ललित राजवंशीले नामिबियाका निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए । उनी आउट हुँदा नामिबियाले ५।३ ओभरमा २७ रन बनाएको छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१।५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले रन बनाए ।