पीएनजीविरुद्धकाे खेलमा राेहित पाैडेलकाे अर्धशतक

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्धकाे खेलमा राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरेका छन् ।

पाैडेलले ७१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

२ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पीएनजीविरुद्ध खराब सुरुवाती गरेकाे थियाे । ओपनर कुशल भुर्तेल पहिलो ओभरमा १ रनमात्र जोडेर पभेलियन फर्किएका थिए ।

यस्तै, ज्ञानेन्द्र मल्ल २.४ ओभरमा आउट भए । भने, दिपेन्द्रसिंह ऐरी ९.२ औँ ओभरमा पभेलियन फर्किए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१