रेखा थापाको प्रश्न : मेरा दाजुभाई हरेक दिन विदेशिन बाध्य छन्, के यही हो गणतन्त्र ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ तथा अभिनेतृ रेखा थापाले नेपाली जनताहरु अहिलेकाे नेतृत्वबाट साँच्चै आजित भएकाे हाे भने अब एकपटक राप्रपालाई विश्वास गर्न आग्रह गरेकी छन् । काठमाडाैंमा आयाेजित राप्रपा पार्टी प्रवेश कार्यक्रममा उनले राप्रपामा युवा नेतृत्व आएकाे र यसले देशमा परिवर्तन ल्याउन सम्भव भएकाे बताएकी हुन् ।

उनले देशमा बलात्कार हत्या हिंसाजस्ता जघन्य अपराध बढीरहेकाे उल्लेख गरी अब पनि हामी यही व्यवस्थामा बसिरहने भनी प्रश्न पनि गरिन् । उनले भनिन् ‘यत्रो समय लडेर ल्याएकाे गणतन्त्रले के दियाे ? अहिले दिनप्रतिदिन बलात्कार, हत्याहिंसाका घटना बढिरहेका छन् । कयाैँ दाजुभाइ विदेशिन बाध्य छन् । यही हाे गणतन्त्र ?’

उनले अब परिवर्तन हुनुपर्ने र अब राप्रपाले परिवर्तन सम्भव गर्ने दाबी पनि गरिन् । उनले प्रचण्ड, ओली र शेरबहादुर देउवा राजाभन्दा बढी निरंकुश भएकाे बताइन् । उनले प्रश्न गरिन् ‘राजतन्त्र निरंकुश थियाे कि अहिले ? विचारकाे बन्दी बनाएका छन् उनीहरुले ।’

उनले राप्रपाकाे हिजाेकाे नेतृत्वले धाेका दिएकाे पनि बताइन् । कमल थापाले गाई बेचेर राप्रपा पार्टी कमजाेर बनेकाे पनि उनकाे भनाइ थियाे । उनले भनिन् ‘हामीले अरु पार्टीका नेताहरुलाई मात्र हाेइन आफ्नै पार्टीमा भएकाे कमल थापा पनि जिम्मेवार छन् । थापाकै कारण राप्रपा कमजाेर भयाे ।’

भिडिओ

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१