शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ,

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् ।

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए ।
‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’

उनले भनेका छन्, ‘वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१