रुखले थिचेर एकको मृत्यु

काठमाडौ। जुम्लाको कनकासुन्दरीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ।

मंगलबार कनकासुन्दरी –१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए । सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान कठाएतको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले जानकारी दिए ।

खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय जुम्ला, प्रहरी चौकी चौथाबाट गएको टोलीले मुचुल्का उठाई घटनाबारे थप अनुसन्धान गरेको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१