
काठमाडौं । पीएनजीविरुद्ध ब्याटिङ गरिरहेकाे नेपाल दबाबमा परेकाे छ । २९३ रनको विशाल लक्ष्य पछ्याएकाे नेपालले ४ विकेट गुमाइसकेकाे छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरे ।
कुशलले २८ बलमा ३२ रन बनाए । अनिल ६ रन बनाएर आउट भए । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय मा डेब्यु गरेका देव खनाल खाता नखोली आउट भए । दिपेन्द्र सिंह ऐरी पनि सस्तैमा आउट भए । उनी १७ बलमा १५ रन बनाएर आउट भएका हुन् ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।