• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संसद कांग्रेसको दादागिरी चल्ने ठाँउ होइन, रविले जवाफ दिन पाउनुपर्छ : केपी ओली

काठमाडाैं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन् ।

लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ ।

नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले भने, ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने? अर्को दिनबाट हामी पनि बोल्ने हो ।’

उनले अब सदनमा कांग्रेसलाई बोल्न नदिने पनि बताए । ओलीले भने, ‘कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं । कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने ? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो पनि डेमोक्रेसी हुन्छ ?’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ ।

कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी-इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो ।