• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सिक्किममा बीपी कोइराला फाउन्डेसनको ३८ औं बैठक आयाेजना

काठमाडाैं । बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको ३८ औं बैठक सिक्किमको गान्तोकमा आयोजना गरिएको छ । सोमबार फाउन्डेसनको बैठक आयोजना गरिएको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बैठकको सहअध्यक्षता गरेका थिए ।

बैठकले यसअघि ३७ औं बैठकले गरेका निर्णय तथा कामको समीक्षा गरेको थियो । साथै, नेपाल र भारतबीचको सम्बन्ध अझै सुमधुर बनाउने र थप सहकार्यमा जोड दिएको छ ।