• २०८३ असार १६
  • 2026 June 30, Tuesday

संसद बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार २ बजे बस्ने भएको छ ।संसद सचिवालयले निर्धारित समयमा वैठक सुरु हुननसकेपछि सूचना टाँसेर सारिएको जनाएको छ ।

बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बैठक दलहरुकाबीच सहमती हुन नसक्दा फेरी आज दिउँसो बस्ने गरी सारिएको संसद सचिवालयले जनाएको छ ।

‘विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’ संसद महासचिव पद्म प्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।