मुगु जोडियो विश्व समुदायसँग

काठमाडौ। भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्व समुदायसँग जोडिएको हो ।
सो सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरिन् । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच यसअघि ७५ जिल्लामा पुगेको थियो ।

आइतबार सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ औँ जिल्लाका रुपमा मुगुमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पु¥याउन टेलिकम सफल भएको हो ।
मन्त्री र्शमाले मुगुको सदरमुकाम गमगढीमा विस्तार हुन लागेको फाइबर इन्टरनेट सेवासँगै जिल्लामा ४ स्थानिय तह सम्म सेवा विस्तार गर्न सकिने समेत बताएकी छन ।

यस्तै, दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको विस्तार कार्य अघि बढाइएकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवा समेत विस्तार हुनेछ ।नेपाल टेलिकमले पुरानो प्रविधिको नेटवर्कलाई एफटिटिएचमा परिवर्तन गरी हाल उपलब्ध माइक्रो वेभ रेडियो लिंकको क्षमता बढाएर टेलिफोन र इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताएका छन् ।

यो सँगै मुगुका बासिन्दाले बार्षिक ७ हजार ९९९ रुपैयाँमा शुल्क तिरेर उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । जिल्लामा इनटरनेट सेवा पुगेपछि स्थानीय हर्षित भएका छन् ।मुगुमा इन्टरनेट पुगेसँगै देशभर ७६ जिल्ला सूचना प्रविधिसँग विश्वभर जोडिएको छ । अब इन्टरनेटको पहुँच बाहिर रहेको एकमात्र जिल्ला हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा पु¥याउने सरकारको योजना छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१