• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सदनमा प्रधानमन्त्रीको आक्रोश : कांग्रेसको गतिविधि इतिहासकै लागि कलंक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा गरेको गलत क्रियाकलापको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेर विरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसको गतिविधि कलंकको रूपमा स्थापित हुने टिप्पणी गरे ।

उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईहरूलाई पटक पटक साथ दियो । अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ । त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । यसप्रति दःुख व्यक्त गर्छु । कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ । कांग्रेसको आजको गतिविधि इतिहासमा धेरै राम्रोसँग कलंकको रूपमा स्थापित हुने छ ।’