• २०८३ असार १६
  • 2026 June 30, Tuesday

प्रमुख प्रतिपक्षको अवरोधकाबीच प्रधानमन्त्रीले पाए चौथो पटक विश्वासको मत

काठमाडौं । प्रतिपक्षी दलले गरेको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत पाएका हुन् ।

विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ

संसद बैठक सुरु भएलगत्तैै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गरेको थियो । उक्त नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका स्थगित गरेको घोषणा गरेका थिए ।

त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए ।