• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बजेटको नयाँ नीतिः गाँजा खेतीले बैधानिकता पाउने

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’

यस्तै सरकारले आगामी आर्थिक वर्षबाट गाँजा खेतीलाई बैधानिकता दिने भएको छ ।औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गर्दै अर्थमन्त्री पुनले भने ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’