• २०८३ असार १५
  • 2026 June 29, Monday

विपन्नको छुट्टै अस्पताल खोल्न माग

काठमाडौं । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले सरकारी अस्पतालमा समेत सुविधासम्पन्नकै पहुँच रहेकोले विपन्नले मात्र स्वास्थ्य सेवा पाउने गरी छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको बताए ।
क्यान्सर लगायतका रोगले आम जनतामा असर परेको चर्चा गर्दै दाहालले भने, ‘सरकारी अस्पताल सम्पन्न र पहुँचवालाका मात्र भएका छन् । सरकारी अस्पतालभित्रै विपन्नको पहुँच छैन । विपन्नले बेड, आइसीयु र भेन्टिलेटर पाउँदैन ।

विपन्न व्यक्तिलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार र गुणस्तरीय सेवा दिने उदेश्यले विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’