• २०८३ असार १५
  • 2026 June 29, Monday

कांग्रेसले क्रियाशिल सदस्यबाट नेतृत्व चयन गर्नसके सबैमा अपनत्व बढ्छ : सुशिल भट्ट

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेसको नेतृत्व चयन गर्दा क्रियाशिल सदस्यबाट हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागर्जुन नगरपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसको हरेक नेतृत्व मेरो नेतृत्व हो भन्ने अनुभूती आम कार्यकर्तामा गराउनुपर्नेमा जोड दिएका हुन् । महासमिति सदस्य भट्टले भने, ‘पछिल्लो समय नागरिक र हरेक राजनीतिक दलको दुरी बढेको देखिन्छ, कांग्रेसले नागरिकले अपनत्व गर्ने नेतृत्व वडादेखी केन्द्रसम्म दिन सक्ने हो भने राजनीतिक दल नै समाज रूपान्तरणको आयाम हो, आभास नागरिक हुन्छ ।’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको यतिका लामो समयपछि यही व्यवस्थाप्रति नागरिकले प्रश्न गर्ने अवस्था आउनु हरेक राजनीतिक दलका नेताको असक्षमता भएको उनको कथन थियो । दलित, जनजाति र सिमान्तकृत जनताको लागि छुट्याईएको समानुपातिक कोटा नेताका आफन्त र पहुँचवालाको मुठ्ठीमा पुगेको भन्दै भट्टले भने ‘के समानुपातिक प्रणाली आफ्नो नजिकका मान्छे व्यवस्थापन गर्ने ठाँउ हो ।’