जनतामा माओवादीप्रति फेरि आकर्षण बढेकाे छ, अहंकार गरेकाे हाेइन : प्रचण्ड

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा माओवादीप्रति फेरि आकर्षण बढेको दाबी गरेका छन् ।

बिहीबार बिहान काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले भने, ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ । यसो भनेर अहंकार गरेको छैन ।’

चुनावी अभियानका क्रममा देशका विभिन्न स्थानमा जाँदा माओवादीप्रति पुनः नागरिककको आकर्षण बढेकाे पाएकाे उनले बताएका हुन् । देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।

उनले भने ‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गरेकाे छ। शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो ।’