काठमाडौंको सेतो पुल नजिक फाेहाेरकाे थुप्राेमा नवजात शिशुको शव फेला

काठमाडौं । धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ । सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रातो कपडाले छापिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१