• २०८३ जेठ २५
  • 2026 June 08, Monday

एसएस फाउन्डेसनद्वारा प्रहरीलाई सहयोग

काठमाडौं । एसएस फाउन्डेसनले काठमाडौं बुद्धनगर स्थित प्रहरी चौकीलाई सहयोग गरेको छ । प्रहरीलाई आवश्यक सामग्री आइतबार हस्तान्तरण गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सह कोषाध्यक्ष तथा समाजसेवी शोभीत उप्रेतीले प्रहरी प्रभाग प्रमुख खम्भधोज खड्कालाई सामग्री हस्तान्तरण गरेका छन । एसएस फाउन्डेसनले पंखा, प्रेसर कूकर झुल, आवश्यक सामग्री प्रदान गरेको हो ।

फाउन्डेसनद्वारा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले यसअघिपनि स्वास्थ्य सामग्री विपन्न परिवारलाई सहयोग, बाढी पहिरो पीडितहरुलाई सहयोग गरेको थियो। फाउन्डेसनका संरक्षक तथा समाजसेवी उप्रेतीले आगामी दिनमा पनि देशभर एसएस फाउन्डेसनले आपतविपतमा सकेको सहयोग गर्ने बताए ।