• २०८३ जेठ २५
  • 2026 June 08, Monday

नेपालमा धार्मिक पर्यटकको धेरै संभावना छ : मन्त्री तामाङ

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक सम्पदाहरुका हिसाबले धनी देश रहेको बताएका छन् ।

चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै उनले नेपाल सांस्कृतिक सम्पदासहित हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको पनि बताए ।
उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने जानकारी दिए ।

यसको साथै, अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।

उनले यो बजेट योजना अनुसार कुनै समस्या नआउने गरी कार्यन्वयन गर्न आग्रह गर्दै मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।