काठमाडाैं । तनहुँको आबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।
बस पोखराबाट काठमाडाैंका लागि छुटेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
बसमा ४० जना यात्रु रहेको प्रारम्भिक विवरण छ । अहिले आबुखैरेनीमा रहेको प्रहरी टोलीसहित स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।