• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः सात दिनको समय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे सात दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पटक पटक पत्रचार गर्दा पनि पेश गरेको छैन ।

२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते एन्फालाई साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।