• २०८३ असार १३
  • 2026 June 27, Saturday

मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रीपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक गरेको छ ।

आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकका निर्णयहरु :

१ थाइल्याण्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठ नेतृत्वको ्र प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

२.नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने ।

३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृतस्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने । .नेपाल विद्युत प्राधिकरण रामेछाप उपवितरण केन्द्रको लागि करिब सात रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

५.राजस्व न्यायाधिकरण विराटनगरको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका माननीय न्यायाधीश श्री ध्रुवराज नन्दलाई र राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका माननीय न्यायाधीश श्री सुभाष पौडेललाई तोक्ने ।

६.वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका माननीय न्यायाधीश श्री गोकर्ण डाँगीलाई तोक्ने ।

७.२०८१ असोज १० देखि परेको अविरल वर्षाका कारण प्रभावित बाह्र जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाको लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने।

८.गृह मन्त्रालयअन्तर्गतका आ.व. २०८१/८२ का लागि अधिकृत स्तरका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

९.गृह मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

१०.अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने।

११.नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने ।

१२.बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

१३.मिति २०८१/७/१३ देखि ऐ १४ सम्म कोलम्बियामा आयोजना हुने ज्ष्नज ीभखभ िक्भनmभलत या तजभ ग्ल् द्यष्यमष्खभचकष्तथ ऋयलाभचभलअभ द्दण्द्दद्ध कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१४.मिति २०८१/६/२३ देखि ऐ. २५ सम्म अजरबैजानमा आयोजना हुने ज्ष्न ऋयििभअतष्खभ त्तगबलतषष्भम न्यबबलअभ र एचभ–ऋइए क्ष्लायच  सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१५.अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, गोरखालाई प्रशासनिक भवन निर्माणको लागि छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१६.व्यवहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

१७.वैदेशिक रोजगार (छैटौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

१८.सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्रा.डा.ठाकुर प्रसाद दुवाडीलाई मनोनयन गर्ने।

१९.२०८१ असोज २१ देखि २३ सम्म भारतको नयाँदिल्लीमा सञ्चालन हुने क्भखभलतथ–कभखभलतज क्भककष्यल या तजभ ध्ज्इ च्भभ्बकत ब्कष्ब कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री नेतृत्वको प्रतिनिधिण्डललाई स्वीकृति प्रदान गर्ने।

२०. यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने।

२१.जल तथा मौसम विज्ञान नीति, २०८१ स्वीकृत गर्ने।