• २०८३ असार १३
  • 2026 June 27, Saturday

कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा :शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।

सोमबार विहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा।कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेभएकाले सोही अनुसारको तयारी गर्न नेता एवम कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दशै तिहारको रमाइलोमा मात्रै होइन जनताको सुखदुखमा पनि पुग्नुस, दशैंको शुभकामना,’ डा।कोइरालाले भने ।

कांग्रेसमा पैसा नहुनेहरुले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए ।‘१५ औं महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो ।सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए ।सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरु सरिता प्रसाई, प्रकाश स्नेही , सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।