• २०८३ असार १३
  • 2026 June 27, Saturday

मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए ।उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई सवल बनाउन सक्छौ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छौ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

यसको साथै, उनले आज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताए ।उनले भने, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरुलाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्ने छ । यसको साथै पर्यटकहरुले पनि नेपाललाई एउटै पुस्तकभित्र देख्न र बुझ्न सक्न छ । सांस्कृतिक पर्यटनलाई पनि यसले बढावा दिने काम गरेको छ । पर्यटन प्रवद्र्धन मात्र होईन व्यापार र निकासी प्रवद्र्धनको दिशामा नेपालको कला, कृति र नेपालसँग भएको हस्तकलासँग सम्बन्धीत विशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवद्र्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’