• २०८३ असार १३
  • 2026 June 27, Saturday

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् ।

आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको छ । तर आउना साथ जादुको छडी कसैसँग छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ । तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं ।

तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’साथै उनले शहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए । उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे ।उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । उनले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताए ।