फेरि चर्चामा आइन् सन्नी लियाेनी

काठमाडाैं । सनी लियोनी एकपटक फेरि सामाजिक सञ्जालमा चर्चामा छिन् । वास्तवमा सन्नीको बहुप्रतिक्षित फिल्म ओएमजी अर्थात् ‘ओ माई घोस्ट’ फर्स्ट लुक सार्वजनिक भएको छ । उनकाे याे लुककाे चर्चा सुरु भएकाे छ ।

फिल्मको फर्स्ट लुकमा सनी लियोनीको निडर र बोल्ड स्टाइल प्रस्ट देखिन्छ । पोस्टरमा अभिनेत्री निडर स्टाइलमा हातमा छुरा समातेको देख्न सकिन्छ ।

अभिनेत्रीले आफ्नो फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पोस्टर सेयर गर्दै सनीले क्याप्सन लेखेकी छिन्, ‘हरेक रानीको इतिहास हुन्छ तर उनी रहस्यकी रानी हुन् ।’

वास्तवमा, सनी लियोनी यस फिल्ममा रानीको भूमिका निभाउनेछिन्, जसमा ठूलो रहस्य जोडिएको छ ।

लियोनी प्रायः आफ्ना फिल्म वा सामाजिक सञ्जालमा पोस्टका कारण चर्चामा रहने गर्छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँगका तस्बिर र भिडिओ सेयर गरिरहेकी हुन्छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१