
रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।
उनले आफ्नो कार्यकाल अमेरिकाको लागि स्वर्ण युग हुने बताएका छन् । उनले भने, ‘यो अमेरिकी जनताका लागि ठूलो विजय हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’
ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान बनाउनु हो। ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।
मतपरिणामको ताजा आकँडा