
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै रिपब्लिकन उम्मेदवार ट्रम्प दोस्रोपटक निर्वाचित निर्वाचित भएका हुन् । बीबीसी हिन्दीकाअनुसार उनले २७७ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ह्यारिसले २२४ मात्र भोट पाइन् ।
औपचारिक रुपमा घोषणा भने भइसकेको छैन । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।