‘आरआरआर’ले गर्‍यो प्रदर्शनको दोस्रो सातामा १० अर्ब रुपैयाँको व्यापार

काठमाडौं । एसएस राजमौली निर्देशित चलचित्र ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामा १० अर्ब रुपैयाँको व्यापार गरेकाे छ ।

चलचित्रका व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।’

बहु-भाषामा प्रदर्शनमा आएको चलचित्र आरआरआरमा २० औँ शताब्दीतिरको कथा भनिएको छ । फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

यो फिल्म कम समयमै करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि आमिर खान अभिनित ‘दंगल’ र राजामाैलीकै निर्देशनमा बनेकाे प्रभास अभिनित चलचित्र ‘बाहुबली : द कन्क्लुजन’ले मात्र १० अर्बभन्दा माथिको व्यापार गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१