
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको प्रेम कथा अहिले चर्चामा छ । भट्ट परिवारका अनुसार दुवैले अब बिहे गर्न लागेका छन् । विवाहको मिति पनि तय भइसकेकाे छ ।
उनीहरुको प्रेम कथाको बारेमा कुरा गर्दै आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणवीर कपुरप्रति आफ्नो प्रेमको खुलासा गरिसकेकी छिन् । जतिबेला आलियाको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ आएको थियो ।
आलिया भट्ट र रणवीर कुपरको विवाहको चर्चा लामो समयदेखि चलिरहेको छ । सामाजिक सञ्जालमा एकसाथ तस्विर आएपछि मानिसहरूले उनीहरूको विवाहको मिति सोध्न थालेका हुन् ।
आलिया र रणवीरकाे विवाहकाे मिति तय भएकाे पुष्टि गरी आलिया भट्टका काका रबिन भट्टले बीबीसीसँग भनेका छन् ‘आलिया र रणवीरको विवाह १४ अप्रिलमा हुनेछ । विवाहको रिसेप्सन पाँच दिन अर्थात् अप्रिल १७ देखि १८ सम्म हुनेछ । विवाहको विधि आरके हाउसमा हुने भएको छ ।’
आलिया र रणवीरको विवाह मुम्बईको आरके हाउसमा हुनेछ । विवाह समारोहमा कपूर र भट्ट परिवारसँगै उनका नजिकका साथीहरू पनि सहभागी हुनेछन् । आलियाले बिहेअघि आफ्ना खास साथीहरूसँग ‘ब्याचलर पार्टी’ पनि गर्ने छिन् ।
नितु कपूरकाे राेजाइ आलिया
आलिया भट्ट अब कपूर परिवारसँग जोडिन लागेकी छिन् । यसअघि उनले कपूर परिवारसँग फिल्ममा काम गरिसकेकी छिन् ।
आलियाले आफ्नो पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’मा अभिनेता ऋषि कपूरसँग काम गरेकी थिइन् । त्यसपछि आलियाले ऋषि कपूरसँग फिल्म ‘कपुर एन्ड सन्स’ मा पनि काम गरेकी थिइन् ।
ऋषि कपुरले धेरै पटक आलिया भट्टको अभिनयको तारिफ गरेका थिए । उनले धेरै पटक भनेका छन् कि आलिया आजका युवा कलाकारहरूमध्ये सबैभन्दा प्रतिभाशाली अभिनेत्री हुन् ।
ऋषि कपूर जस्तै आलियाको रणवीरकी आमा र अभिनेत्री नीतु कपूरसँगको सम्बन्ध पनि निकै विशेष रहेको छ । आलियाको तारिफ गर्दै नीतु कपूर भन्छिन्, ‘म आलियालाई धेरै माया गर्छु । आलिया एक अद्भुत र प्यारी छिन् । रणवीर र आलिया मिलेर राम्रो जोडी बन्न सक्छन् र अब म पनि उनीहरुको बिहेको पर्खाइमा छु ।’
कफी विथ करणमा के भनकी थिइन् आलियाले ?
आलिया भट्टले ‘कफी विथ करण’ शोमा रणवीर कपूरप्रति आफ्नो झुकाव रहेको संकेत गरेकी थिइन् ।
जब उनी पहिलो पटक आफ्नो फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को प्रमोशनका लागि शोमा पुगेकी थिइन् । शोमा, निर्देशक र निर्माता करण जोहरले उनलाई सोधेका थिए,’तपाईं आफ्नो विवाह स्वयंवरमा कुन तीन कलाकारहरू हेर्न चाहनुहुन्छ ?’
यसमा आलियाले सबैभन्दा पहिले रणवीर कुपरको नाम लिइन् । त्यसपछि सलमान खान र आदित्य रोय कपुर आएका थिए ।
त्यसपछि करण जोहरले थप दुई प्रश्न सोधेका थिए, जसको जवाफमा आलियाले पनि रणवीर कपुरको नाम लिएकी थिइन् । उनले त्यतिबेला भनेका कुराहरु अब यथार्थमा परिणत हुन लागेका छन् ।
आलिया र रणवीरको पहिलो भेट
आलिया भट्टको प्रेम कथा सञ्जय लीला भन्सालीको सेटबाट सुरु भएको कुरा कमैलाई थाहा छ । आलिया भट्टले एक अन्तर्वार्तामा आफूले सन् २००५ मा पहिलो पटक रणवीर कपूरलाई देखेको बताएकी थिइन् । त्यसपछि उनले भनेकी थिइन् ‘पहिलो पटक रणवीरसँग क्रश भएँ ।’
उनले भनिन्, ‘जब म सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’ को लागि अडिसन दिइरहेको थिएँ, रणवीर त्यहाँ सहायकको रुपमा काम गरिरहेका थिए । उहाँलाई देखेर मेरो मन त्यहिँ राेकिएकाे थियाे ।’
आलिया भट्ट र रणबीर कपुरको अफेयरको चर्चा त्यतिबेला सुरु भएको थियो, जब उनीहरु दुबैले निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ साइन गरे ।
सुरुमा यो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोशनको एउटा हिस्सा हो भन्ने मानिसहरूले सोचेका थिए तर विस्तारै ब्रह्मास्त्रको सुटिङको समयदेखि नै उनीहरु एकअर्कालाई डेट गर्दैछन् भन्ने हल्ला पनि चल्न थालेकाे थियाे ।
सोनम कपुरको विवाहको रिसेप्शनमा पहिलो पटक आलिया र रणबीर एकअर्काको हात समातेर हिडेपछि अफेयरको खबरले थप चर्चा पाए । त्यसयता दुवैलाई धेरै अवार्ड समारोहमा सँगै देख्न थालिएकाे हाे ।
बीबीसी हिन्दीकाे सहयाेगमा ।