• २०८३ जेठ २२
  • 2026 June 05, Friday

स्पष्टिकरण दिन प्रेस काउन्सिल पुगेका ऋषि धमला भन्छन्, ‘चिया खान गएकाे थिएँ, चिया खाएर फर्केँ’

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिएकाे छ ।

धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि साेमबार बोलाएको थियाे ।

स्पष्टिकरण दिन प्रेस काउन्सिल पुगेका ऋषि धमलाले बाहिर निस्किएपछि आफूलाई काउन्सिलमा चिया खान बाेलाइएकाे प्रतिक्रिया दिएका छन् ।

यसअघि धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो लिखित स्पष्टिकरण दिएका थिए ।

हेर्नुहाेस् भिडिओ :