काठमाडौं । लोकेश बमको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे ।
बसिर अहमदले ४० रन, राजेश पुलामीले ४ रन जोडे । प्रतिस जिशी ६ रन, क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाएका थिए ।