पोखराले दियो जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो ।

पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडे । ओपनर आन्द्रस गौसले २० रन, माइकल लिस्कले २५ रन, राइमन राइफरले १७ रन, दिनेशले १० रन, कप्तान कुशल भुर्तेलले ६ रन र दिलिप नाथले ११ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए ।