नेप्से परिसूचकमा गिरावट, ५.६० अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ ।यस दिन कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

१४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा माथि पुगेको छ ।कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१