एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएकोआज चाँदी मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१