काठमाडौं । नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलनबाट उनले आगामी योजना सुनाउनेछन् ।
पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका रावलको संगठित सदस्यता खोसेको थियो । त्यसपछि उनले नयाँ पार्टी गठन गर्ने चर्चाका बीच बुधबार कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सोमबार बिहानमात्रै रावलले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।