• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भीम रावललाई प्रदीप ज्ञवालीकाे सुझाव : गालीगलाैजले देश बन्दैन !

ओलीमाथि लगाएका आरोप दाहालकाे कपीपेस्ट

काठमाडाैं । एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको अर्थ पनि नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले तत्कालीन नेकपा (हालको एमाले र माओवादी मिलेर बनेको पार्टी) मा छँदा प्रचण्डले १९ पृष्ठको आरोप लगाएका थिए । अहिले रावलले त्यसैको नक्कल गरेर ३१ पृष्ठको दस्तावेज बनाएको ज्ञवालीले टिप्पणी गरे ।

बिहीबार सचिवालय बैठकपछि पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग उनले भने,‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,सायद १९ पेजको थियो । त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन ।’

अगाडि उनले भने, ‘गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो । अर्को अवस्था आयो, रविजीहरू, त्यसरी नै उदाउनुभएको हो । गाली गरेर देश बन्दैन ।’