काठमाडाैं । राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै राप्रपाका महामन्त्री धवलशमशेरले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक विचार प्रस्तुत गरेपछि लिङ्देन समर्थक सदस्यहरु धवलशमशेरमाथि खनिएका छन् ।
शुक्रबारदेखि सुरु भएकाे राप्रपा केन्द्रीय समिति बैठकमा राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिने ढंगले लिखित रूपमै आगामी योजनासहितको राजनीतिक विचार प्रस्तुत गरेका थिए । उक्त विचारकाे विराेध गर्दै लिङ्देन समर्थक सदस्यहरुले राणामाथि कटाक्ष गरेका हुन् ।
विरेन्द्र बम, दानबहादुर बुढालगायतका नेताहरुले राणामाथि एमालेबाट आएर लिङ्देनकाे राजनीतिक निष्ठामाथि प्रश्न गर्नु सय प्रतिशत गलत भएकाे बताए । उनीहरुले राणा एमालेबाट राप्रपा बनेकाे भनी कटाक्षसमेत गरे ।
राणा २०५२ सालमा एमाले प्रवेश गरेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट उनी तत्कालीन नेपालगन्ज नगरपालिकामा मेयरसमेत बनेका थिए । उनी पछि फेरि राप्रपामा फर्किएका थिए ।
हेर्नुहाेस् भिडिओ :