छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

कठमाडौ । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ ।

सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो ।आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ ।

रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ ।यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१