ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।

सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१