• २०८३ असार ९
  • 2026 June 23, Tuesday

गणतन्त्रलाई च्यालेन्ज गर्ने झिल्को देखिएको छ : गोपालमान श्रेष्ठ

काठमाडौ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले गणतन्त्रलाई च्यालेन्ज गर्ने झिल्को देखिन थालेको बताएका छन्।

काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग महासंघको प्रथम महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले गणतन्त्रलाई च्यालेन्ज गर्ने झिल्को देखिन थालेको बताएका हुन।‘गणतन्त्रलाई च्यालेन्ज गर्ने झिल्को देखिन थालेको छ, झिल्कोसँग आत्तिनु पर्दैन, राजनीति दलहरूले पनि धेरै मात्तिनु हुँदैन, गम्भीर भएर अघि बढ्नु पर्छ,’ श्रेष्ठले भने।

उनले नेपाली कांग्रेस एक भएर अघि बढेको अवस्थामा कुनैपनि शक्तिले नहल्लाउनेसमेत बताए। ‘कांग्रेस एक भएर हिड्यो भने अरु शक्तिले केही फरक पर्दैन, कांग्रेस कमजोर भए हल्लाखल्ला सुनिन्छ, श्रेष्ठले भने।